यी ‘श्रीमान्’, जसले नचिनेको व्यक्तिलाई श्रीमान बनाइदिए…


काठमाडौँ, १६ बैशाख । चिन्दै नचिनेको व्यक्तिलाई श्रीमान् भनि फैसला गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश चुरामन खड्कालाई सर्वाेच्च अदालत तानिएको छ । मुद्दामा तथ्यभन्दा बाहिर गई गम्भीररुपमा विचलित हुँदै फैसला भएको हुनसक्ने देखिएकाले उनलाई थप अनुसन्धान गर्न भन्दै उनलाई सर्वोच्च अदालतमा तानिएको हो ।
कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको संयोजकत्वमा रहेको सर्वोच्च अदालतको विशेष समितिले शुक्रबार उनलाई तत्कालका लागि सर्वोच्च अदालतको काजमा राख्ने भन्दै तानेको हो ।
खड्काले दाङ जिल्ला अदालतमा हुँदा गरेको फैसलामाथि समितिले अनुसन्धान थालेको छ । कायममुकायम प्रधानन्यायाधीशसहित ५ जना वरिष्ठ न्यायाधीशहरु उक्त समितिमा रहन्छन् । समितिमा ओमप्रकाश मिश्र, चोलेन्द्रशम्सेर जबरा, दीपककुमार कार्की र केदार चालिसे सदस्य छन् ।
खड्कामाथि थप अनुसन्धानका क्रममा न्यायिक विचलन देखिए फाइल न्यायपरिषद्मा जानेछ र परिषद्बाटै थप कारबाही हुने छ । बागलुङकी निरमाया पुनलाई चिन्दै नचिनेको व्यक्तिको श्रीमती भएको खड्काले फैसला गरेका थिए ।
उक्त फैसलाविरुद्ध पुनले न्याय परिषद् र प्रधानन्यायाधीशको सचिवालयमा उजुरी गरेकी थिइन् । पुनको उजुरीको आधारमा थप अनुसन्धान अगाडी बढाइएको सर्वाेच्च स्रोतले जनाएको छ ।
जिल्ला अदालत दाङले बाग्लुङकी निरमाया पुनलाई अपरिचित पुरुषलाई श्रीमान् ठहर गरिदिएको थियो । आफ्ना श्रीमानसँग बहुविवाह मुद्दा लडिरहेकी उनलाई त्यो मुद्दामा कमजोर बनाएर सम्पत्ति नदिलाउन थाहै नदिई अर्को मुद्दा दायर गरेर अर्को व्यक्तिलाई श्रीमान् ठहर गराइएको पीडित पक्षको आरोप छ ।

जिल्ला अदालतले फनाधर घर्तीलाई उनको श्रीमान् भएको ठहर गरेको हो । फनाधर नामक व्यक्तिलाई निरमायाले अहिलेसम्म भेटेकी र चिनेकी छैनन् । प्रहरी र न्यायालयकै मिलेमतोमा आफूमाथि अन्नाय भएको भन्दै पुन न्याय माग्दै सर्वाेच्च र न्यायपरिषद् पुगेकी थिइन् ।

Comments

Popular posts from this blog

पूर्वभारतीय राजदूतहरुले नेपालको प्राकृतिक सुन्दरता बारे के भने ?

विद्यालय भर्ना नभएका बालबालिका खोज्न नगर प्रमुख घरदैलोमा

महानगरपालिकावासी स्वास्थ्य सेवाबाट वञ्चित