खतरनाक मजाक, एकैपटकमा गएको थियो १७५ को ज्यान
एजेन्सी। अप्रिल महिना सकिनै लागेको छ । यो महिनाको पहिलो दिन संसारभरी नै मजाक गरेर एक अर्कालाई मुर्ख बनाउने प्रचलन छ । यही प्रचलनअनुसार १ महिनाअघि नेपालमा पनि धेरैलाई ‘फूल’ बनाइयो । तर, यही दिनका कारण एउटा निकै भयानक दुर्घटना पनि भएको थियो । अप्रिल फूलको दिन गरिएको मजाकले सयौं ज्यान गएको कालो इतिहास पनि छ ।
यो घटना अमेरिकाको अलास्कामा १९४६ मा भएको थियो । अलास्काको अल्युसन आइल्याण्डमा १ अप्रिल १९४६ मा भूकम्प आएको थियो । भूकम्पको झट्का यतिसम्म तीव्र थियो कि त्यसपछि आएको सुनामीले त्यहाँ निकै ठूलो नोक्सानी गरेको थियो । त्यो दिन अप्रिल फूल डे थियो र त्यहाँका नागरिक मजाकमा व्यस्त थिए । त्यही क्रममा प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी दियो ।
अलास्काका नागरिकले यो चेतावनीलाई अप्रिल फूलको मजाक सम्झेर बेवास्ता गरे । तर अधिकारीले दिएको चेतावनी सही थियो । यहाँ आएको भूकम्पको झट्काको तीव्रता ८.६ म्याग्निच्युड थियो । जसले यहाँ १७५ जनाको ज्यान गयो । त्यसपछि मात्र यहाँ सुनावी चेतावनी प्रविधि तयार गरिएको थियो । यो सुनामीलाई हवाइमा अहिले पनि अप्रिल फूल डे सुनामीको नामले चिनिन्छ ।

Comments
Post a Comment