Posts

Showing posts from April, 2018

वनको जग्गा दर्ता बदर गर्न माग गर्दै मुद्दा

Image
पोखरा– पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ बागमाराका स्थानीयवासीले ‘चिलाउने चौतारा सालघारी बेतखोला’ भन्ने जंगलको ६८ रोपनी क्षेत्रफलको वनजग्गा दर्ता बदरको मागसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । चैनपुर पशुपतिघाट वन संरक्षण संघर्ष समितिले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी समुदायबाटै पूर्खौंदेखि उपयोगका साथै संरक्षण हुँदै आएको वन क्षेत्र षडयन्त्रपूर्ण तवरले २०३३ साल असार ३२ गते व्यक्तिका नाममा दर्ता गराएको पाइएको जानकारी गराइयो । लामो समयपछि मात्र वन जग्गा व्यक्तिका नाममा दर्ता गराएको थाहा पाइएपछि गत चैत २३ गते समुदायको भेला बसी त्यसलाई समुदायमा नै फिर्ता गराउन पाँचजनाको सचिवालयसहित सम्पूर्ण उपभोक्ता सदस्य रहने गरी संघर्ष समिति गठन गरिएको समितिका संयोजक मदनप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार उक्त वन जग्गा दर्ता बदर गर्न माग गर्दै यही वैशाख १० गते कास्की जिल्ला अदालतमा १२१ घर उपभोक्ताका तर्फबाट मुद्दा दायर गरिएको छ । संघर्ष समितिका सदस्य प्रमोद आचार्यले स्थानीयवासीका तर्फबाट मुद्दा दायर भइसकेको अवस्थामा जग्गा पूर्ववत् रुपमा नै समुदायमा नै फर्कने विश्व...

महानगरपालिकावासी स्वास्थ्य सेवाबाट वञ्चित

Image
ललितपुर, १५ वैशाख । ललितपुर महानगरपालिकावासी सामान्य स्वास्थ्य सेवाबाट समेत वञ्चित भएका छन् । महानगरपालिका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रसरहका स्वास्थ्य संस्था नहुँदा महानगरवासीले सरकारले उपलब्ध गराएका स्वास्थ्य सेवा पाएका छैनन् । उपमहानगरपालिका हुँदादेखि नै बासिन्दाले नगर अस्पतालको माग गर्दै आएका थिए । ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्की महानगरपालिकावासी उपचारका लागि काठमाडौँका सरकारी अस्पताल वा यहीँका निजी अस्पताल जान बाध्य भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “महानगरपालिकाभित्र स्वास्थ्य मन्त्रालयअन्तर्गतका जिल्ला अस्पताल वा प्राथमिक स्वास्थ्य केन्द्र छैनन् ।” महानगरपालिकामा नगरस्तरको स्वास्थ्य संस्था नहुँदा सबैभन्दा असर मातृशिशु स्वास्थ्यमा परेको छ । महानगर क्षेत्रमा २० मातृशिशु क्लिनिक छन् । ती क्लिनिकलाई ‘बर्थिङ सेन्टर’ बाट सिफारिस गरेर बिरामी कहाँ पठाउने भन्ने समस्या छ । कार्की भन्नुहुन्छ, “जटिल समस्या आउँदा कि प्रसूति गृह वा किष्ट अस्पतालमा पठाउने गरिन्छ ।” आर्थिक रुपमा सम्पन्न निजी स्वास्थ्य संस्थामा गए पनि शहरी गरीबहरु सरकारी स्वास्थ्य ...

विद्यालय भर्ना नभएका बालबालिका खोज्न नगर प्रमुख घरदैलोमा

Image
कञ्चनपुर, १५ वैशाख । विद्यालय भर्ना नभएका बालबालिका खोज्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर घरदैलोमा पुग्न थाल्नुभएको छ । विद्यालय भर्ना नभएका बालबालिकाका घरमा पुगेर अभिभावकलाई उहाँले शिक्षाको महत्वबारे सम्झाउँदै हिडँनुभएको हो । शिक्षाबाटै देशलाई परिवर्तन गर्न सकिन्छ, अहिलेका बालबालिका भविष्यका कर्णधार भएकाले विद्यालय पठाउन कन्जुस्यार्इं नगर्नुस् नगरप्रमुख ऐरले नगरपालिकाको वडा नं ९ सिसैयामा पुगेर अभिभावकका घरमा पुगेर भन्नुभयो, “एक छाक खाएर भए पनि बालबालिकालाई विद्यालयमा भर्ना गराउनोस् ।” “सामुदायिक विद्यालयमार्फत निःशुल्क पाठ्यपुस्तक मिल्छ, कुनै शुल्क तिर्नु पर्दैन, गरीब र जेहनदारका लागि झोला, अभ्यास पुस्तिका र पोशाकका लागि छात्रवृत्ति मिल्छ, तपाईंहरुका बालबालिकालाई पढाउने दृढ इच्छाशक्तिको खाँचो छ”, उहाँले भन्नुभयो । घरदैलोमा पुगेका नगरप्रमुखको कुरा सुनेपछि अभिभावक बन्धु चौधरीले भन्नुभयो, “यो सबै कुरा थाहा थिएन, बालबालिकालाई विद्यालय पठाउन कन्जुस्यार्इं गर्दैनौँ, ढुक्क भए हुन्छ ।” नगर प्रमुख ऐर वडा नं ४, ६, ९ र ११ वडाका अभिभावकको घरदै...

पूर्वभारतीय राजदूतहरुले नेपालको प्राकृतिक सुन्दरता बारे के भने ?

Image
–सिवी अधिकारी काठमाडौँ, १५ वैशाख । नेपालका प्राकृतिक सुन्दरताका अनुपम छटाहरुले नेपालका लागि पूर्वभारतीय राजदूतहरुलाई असाध्यै मोहित पारेको छ । डोल्पा र से फोक्सुण्डोको पदयात्रा सकेर फर्किएका पूर्वभारतीय राजदूत रणजित राय, श्यामशरण र देव मुखर्जीले एकै स्वरमा नेपालको जस्तो सुन्दरता विश्वमा कहीँ पनि देख्न नपाएको बताउनुभयो । प्राकृतिक तथा धार्मिक सौन्दर्यताको दृश्यावलोकन गर्न डोल्पा र फोक्सुण्डो पुगेका राजदूतत्रयले त्यहाँको भौगोलिक विकटता, जैविक विविधता र धार्मिक महत्वका पर्यटकीय सम्भावना बोकेको डोल्पामा प्राकृतिक सम्पदाको स्वादपान गर्दाको आकर्षण अनुभूति सुनाउनुभयो । दुई साता लामो पदयात्रा सकेर शनिबार स्वदेश फर्कने क्रममा सञ्चारकर्मीसँग पदयात्राबारे जानकारी दिँदै उनीहरुले प्राकृतिक सुन्दरता, भौगोलिक विविधतायुक्त नेपालको शब्दमा बयान गर्न नसकिने बताउनुभयो । डोल्पा र फोक्सुण्डो तालको रमणीय दृष्यले मोहित बनाएको र यस्तो मनोरम दृश्य विश्वमा कहीँ पनि नपाइएको उल्लेख गर्दै उनीहरुले नेपाल विश्वकै आकर्षक पर्यटकीय गन्तब्य भएको धारणा व्यक्त गर्नुभयो । साहसिक पदयात्राको अवधिमा निकै कठि...

चरीकी ‘गर्लप्रेन्ड’ खुश्वु ओलीको प्रचण्डसँग कनेक्सन

Image
काठमाडौं । डन दिनेश अधिकारी चरीसँगको प्रेम सम्बन्धका कारण चर्चामा रहने गरेकी २००६ मिस टिन खुश्वु ओली आजभोली काठमाडौंमा छिन् । बेलामौका बेलायत जान्छिन् । र, बालबालिकाका लागि सेल्टर भन्ने एनजिओ चलाउँछिन् । ०७१, २ साउनमा चरी इन्काउन्टरपछि बेलायत पुगेकी खुश्वु त्यति बेला ठूलो चर्चामा आइन् जतिबेला उनले चरीको गैरन्यायीक हत्या भएको शंखघोष गरिन् । ‘सेल्टर’ नामको एनजीओ चलाएकी खुश्वुले चरी हत्यामा उनका साथी मानिने अर्पण कोइराला र प्रहरी अधिकार इन्काउन्टर स्पेशलिष्ट कुमोद ढुङ्गेलको रणनीतिक योजना रहेको दाबी गरेकी थिइन् । चरीको इन्काउन्टर गर्दा ढुंगेल इन्स्पेक्टर थिए । नेपाल प्रहरीमा इन्काउन्टर स्पेसलिष्ट मानिने ढुंगेलले पछिल्लो पटक रुपन्देहीका डन मनोज पुनलाई पनि गोली ठोकेका थिए । खुश्वुको राजनीतिक सम्बन्ध बलियो रहेको घटनाक्रमले देखाइरहेको छ । लन्डननिवासी सन्तोष कार्कीसँग विवाह गरिसकेकी खुश्वुले गएको माघमा मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी थिइन् । बालबालिकाको सुरक्षाको विषयलाई लिएर नै प्रचण्डसँग उनको भेट भएको थियो । एनजिओको सहयोगका लागि खुश्वु...

यस्तो दुर्गमको पीडा, एक चक्की सिटामोलको सात रुपैयाँ !

Image
-ललित सिंह बझाङ, १६ वैशाख । औषधि अभावमा दुर्गमका बिरामी समस्यामा परेका छन् । स्वास्थ्य चौकीले सिटामोलसमेत उपलब्ध गराउन नस्कँदा दहबगड, काँडा, भामचौर, गडराय, धमेनालगायतका दजनौँ स्वास्थ्य चौकीमा उपचार लिन आउने बिरामी समस्यामा परेका हुन् । ‘ज्वरो आउन थालेको तीन दिन भयो, शुरुमा सामान्य रुघाखोकी होला भनेर उपचार गरिएन, पछि ज्वरो बढ्दै गए, स्वास्थ्य चौकीमा उपचारका लागि पुगे, चौकीका डाक्टर (अहेब)ले एक चक्की सिटामोल छैन, किनेर लिनु भनेर सिलिप लेखी दिएपछि एक चक्की सिटामोलको रु सातका दरले किनेर औषधि खाए’, दहबगरका उकेश बोहराले भने । उनले भने, ‘बिरामीले चौकीबाट वर्षको एक दुई महिनाबाहेक अरु समयमा कहिल्यै औषधि पाउँदैनन् अरु समयमा सधैँ किनेर लिनुपर्छ ।’ ‘सरकारले ४० प्रकारका औषधि निःशुल्क दिने भनेको छ तर हामीले निःशुल्करुपमा पाइने सिटामोललाई पनि रु सातमा किन्नुपरेको छ, जनताको मर्का कसले बुझ्ने, नकिनु भने मरियाला भने डर किनेर खाउ भने नसोचेको मूल्य तिनुपर्ने हुन्छ,’ उकेश बोहराले भने, ‘सदरमुकाम पुग्न यहाँका बिरामीलाई हिँडेर पूरै दुई दिन लाग्छ ।’ स्वास्थ्य चौकीमा आफू बिरामी परेमा चेकजाँ...

गैंडा बोकेर चीन जाँदै प्रधानमन्त्री ओली

Image
काठमाडौं, १६ वैशाख । सन् १९८५ मा भारतलाई दुई भाले र दुई पोथी गैंडा उपहार दिएपछि नेपालमा मात्र पाइने एक सिंगे गैंडाले विदेशी माटो टेक्न थाले । नेपालमा मात्र पाइने यो गैंडा अब विश्वका धेरै देशमा पर्यटकहरूले देख्न थालेका छन् । नेपाल सरकारसँग भाले र पोथी नै उपहारमा लगेर त्यसको संख्या बढाउने कुटनीतिक अभ्यास थालेको ३३ वर्ष पुगेको छ । अहिले चीन सरकार नेपालले दिएको चार गैंडा लिन आतुर छ । सम्भवतः प्रधानमन्त्री केपी शर्मा ओलीको अबको चीन भ्रमणमा जिउँदो गैंडा सी जिन पिङले उपहार पाउँदैछन् । नेपालका लागि चिनियाँ राजदूतलगायतका कुटनीतिक टोलीले नेपाली गैंडा हेरिसकेका छन् । चितवनमा शनिबार मात्रै चीनलाई दिने भनेर एउटा केटो समातिएको छ । उच्च स्रोतका अनुसार चीनसँगको सम्बन्धको उचाई देखाउनका लागि अघिल्लो पटक प्रधानमन्त्री हुँदा उपहार दिएका ओलीले यस पटक जिउँदो गैंडा लिएर जाने तयारी गरेका छन् । ओली आफैंले सीलाई गैंडा हस्तान्तरण गर्नसक्ने कुटनीतिक अधिकारीहरूको अनुमान छ । भारत, पाकिस्तान र म्यानमारका केही ठाउँमा पनि देखिन थालेको यो गैंडा नेपालमा मात्रै पाइनेमा दरिएको छ । यसरी नेपाली गैंडा उपहा...

यी ‘श्रीमान्’, जसले नचिनेको व्यक्तिलाई श्रीमान बनाइदिए…

Image
काठमाडौँ, १६ बैशाख । चिन्दै नचिनेको व्यक्तिलाई श्रीमान् भनि फैसला गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश चुरामन खड्कालाई सर्वाेच्च अदालत तानिएको छ । मुद्दामा तथ्यभन्दा बाहिर गई गम्भीररुपमा विचलित हुँदै फैसला भएको हुनसक्ने देखिएकाले उनलाई थप अनुसन्धान गर्न भन्दै उनलाई सर्वोच्च अदालतमा तानिएको हो । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको संयोजकत्वमा रहेको सर्वोच्च अदालतको विशेष समितिले शुक्रबार उनलाई तत्कालका लागि सर्वोच्च अदालतको काजमा राख्ने भन्दै तानेको हो । खड्काले दाङ जिल्ला अदालतमा हुँदा गरेको फैसलामाथि समितिले अनुसन्धान थालेको छ । कायममुकायम प्रधानन्यायाधीशसहित ५ जना वरिष्ठ न्यायाधीशहरु उक्त समितिमा रहन्छन् । समितिमा ओमप्रकाश मिश्र, चोलेन्द्रशम्सेर जबरा, दीपककुमार कार्की र केदार चालिसे सदस्य छन् । खड्कामाथि थप अनुसन्धानका क्रममा न्यायिक विचलन देखिए फाइल न्यायपरिषद्मा जानेछ र परिषद्बाटै थप कारबाही हुने छ । बागलुङकी निरमाया पुनलाई चिन्दै नचिनेको व्यक्तिको श्रीमती भएको खड्काले फैसला गरेका थिए । उक्त फैसलाविरुद्ध पुनले न्याय परिषद् र प्रधानन्यायाधीशको सचि...

सशस्त्र प्रहरीमा लेखा र कानुन समूह खारेजको तयारी

Image
काठमाडौँ । करिब एक वर्षअघि सशस्त्र प्रहरी बलमा गठन गरिएको लेखा र कानुन समूह खारेज गर्ने तयारी सुरु भएको छ । निवर्तमान सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठको कार्यकालमा मन्त्रिपरिषद्को निर्णयबाट गठन गरिएको ‘समूहगत प्रणाली’ खारेज गर्ने तयारीसहित सशस्त्र प्रहरी हेडक्वाटरले एआईजी नारायणबाबु थापाको कमान्डमा ‘पुनरावलोकन समिति’ गठन गरेको छ । केही दिनअघि गठित एआईजी थापा नेतृत्वको समितिले दिएको प्रतिवेदनका आधारमा समूहगत प्रणालीलाई खारेज गर्ने अथवा निरन्तरता दिने भन्नेबारे निर्णय लिइने सशस्त्र प्रहरी बलका एक उच्च अधिकृतले रातोपाटीलाई जानकारी दिएका छन् । तत्कालीन सशस्त्र प्रहरी प्रमुख कोषराज वन्तले आफू निकटस्थ अधिकृतहरूलाई सजिलो बाटोबाट माथिल्लो ओहदामा लैजाने उद्देश्यसहित सशस्त्र प्रहरी नियमावली परिवर्तन गरेर समूहगत प्रणालीमा जाने व्यवस्था गरेका थिए । वन्तकै कार्यकालमा परिवर्तित नियमावलीअनुसार २०७४ मा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले समूह गठन गरेको थियो । देउवा नेतृत्वको मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी बलको लेखा समूहतर्फ डीएसपी होम ज्ञवाली र कानुन समू...

खतरनाक मजाक, एकैपटकमा गएको थियो १७५ को ज्यान

Image
एजेन्सी। अप्रिल महिना सकिनै लागेको छ । यो महिनाको पहिलो दिन संसारभरी नै मजाक गरेर एक अर्कालाई मुर्ख बनाउने प्रचलन छ । यही प्रचलनअनुसार १ महिनाअघि नेपालमा पनि धेरैलाई ‘फूल’ बनाइयो । तर, यही दिनका कारण एउटा निकै भयानक दुर्घटना पनि भएको थियो । अप्रिल फूलको दिन गरिएको मजाकले सयौं ज्यान गएको कालो इतिहास पनि छ । यो घटना अमेरिकाको अलास्कामा १९४६ मा भएको थियो । अलास्काको अल्युसन आइल्याण्डमा १ अप्रिल १९४६ मा भूकम्प आएको थियो । भूकम्पको झट्का यतिसम्म तीव्र थियो कि त्यसपछि आएको सुनामीले त्यहाँ निकै ठूलो नोक्सानी गरेको थियो । त्यो दिन अप्रिल फूल डे थियो र त्यहाँका नागरिक मजाकमा व्यस्त थिए । त्यही क्रममा प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी दियो । अलास्काका नागरिकले यो चेतावनीलाई अप्रिल फूलको मजाक सम्झेर बेवास्ता गरे । तर अधिकारीले दिएको चेतावनी सही थियो । यहाँ आएको भूकम्पको झट्काको तीव्रता ८.६ म्याग्निच्युड थियो । जसले यहाँ १७५ जनाको ज्यान गयो । त्यसपछि मात्र यहाँ सुनावी चेतावनी प्रविधि तयार गरिएको थियो । यो सुनामीलाई हवाइमा अहिले पनि अप्रिल फूल डे सुनामीको नामले चिनिन्छ ।